सागर ढकाललाई प्रचारप्रसारमा रोक लगाइएको घटनाप्रति आयोगको ध्यानाकर्षण, उम्मेदवारलाई निर्वाधरुपमा प्रचारप्रसार गर्न दिन निर्देशन

  • कार्तिक २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाधरुपमा प्रचारप्रसार गर्न दिन निर्देशन दिएको छ ।

आयोगले मंगलबार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशनसन कार्यालयहरुलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन प्रचारप्रसार गर्न दिन निर्देशन दिएको हो ।

सोमबार डडेल्धुरामा सागर ढकाललाई प्रचारप्रसारमा रोक लगाइएको भन्ने समाचार सार्वजनिक भएको थियो । उक्त घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको संविधान र निर्वाचनसम्बन्धी कानूनको अधीनमा रहेर प्रचार गर्न पाइनेबारे स्मरण पनि गराएको छ ।
आयोगका सहायक प्रवक्ता एवम् उपसचिव कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति, मताधिकारमार्फत हुने भन्दै सार्वभौम मतदाता र आफ्नो लागि जनताको मत र विश्वास माग्ने उम्मेदवार कानूनबमोजिम प्रचारप्रसार गर्न स्वतन्त्र रहने उल्लेख छ ।

Capture 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved