प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेश भिड्दै

  • कार्तिक २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज विभागिय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान खेल ९ बजे सुरु हुने छ। एपीएफ समूह एकको विजेता हो भने मधेश प्रदेश समूह बीको उपविजेता हो।

एपीएफ हालसम्म अपराजित टोली रहेको छ। उसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने गण्डकी प्रदेशसँग बराबरीमा रोकिएको थियो।

समूह चरणमा पुलिससँग पराजित भएको मधेशले प्रदेश १ र लुम्बिनीलाई हराएको थियो। उसले बागमतीसँग बराबरी खेल्दै अंक बाँडेर समूहको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

आजको विजेताले भोलि हुने आर्मी र पुलिसबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ। प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको थियो। कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल कात्तिक २६ मा हुनेछ।

प्रतियोगिताको विजेता टोली दश लाख प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख हात पार्नेछ। प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमहरु र उत्कृष्ट खेलाडीलाई समान ५० हजार प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्दा उदयीमान खेलाडीले १० हजार र ‘प्लेअर अफ दी म्याच’ले पाँच हजार पाउने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved