२५ गते शुक्रबार बसन्तपुरमा राप्रपाले चुनावी सभा गर्दै, आज एकैदिन ६ वटा सभाको आयोजना

  • कार्तिक २४, २०७९
  • कालापानी मिडिया
alt

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको बसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ। भोली शुक्रबार हुने उक्त सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभागले जनाएको हो। आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका उमेदवार र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। देशका १ सय ४२ प्रतिनिधिसभा र २ सय ८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो।

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ।

राप्रपाले कार्तिक २४ गते एकैदिन ६ वटा सभा आयोजना गरेको छ। अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपा प्रचार विभागले जनाएको छ। आज बिहिबार विहान १०: ०० बजे सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बू बसपार्कमा सभा हुनेछ भने सिन्धुलीको दुधौली बजारमा हुने सभामा दिउँसो ११:३० बजे अध्यक्ष लिंदेन पुग्ने कार्यक्रम छ ।

आजै उदयपुरको बेल्टार बसपार्कमा दिउँसो १:०० बजे, मकवानपुरको फापरबारीमा दिउँसो २:३० बजे र सिराहाको धनगढी महेन्द्रनगर, जिरो माईलमा दिउँसो ३:४५ बजे हुने सभालाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved