राप्रपाले आज काठमाडौंको बसन्तपुरमा आमसभा गर्दै

मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

  • कार्तिक २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा आमसभा गर्ने भएको छ।
बसन्तपुरमा आज दिउँसो १ बजे आमसभा सुरू हुनेछ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् भने बलिउड अभिनेत्रीसमेत मनिषा कोइरालाले पनि आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । लिङदेनले बिहिबार साझ सामाजीक संजाल मार्फत अभिनेत्री कोइरालाले काठमाडौं लगायत पोखरा र स्याङजाको सभालाई सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, भोलि कात्तिक २५ गते चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाको साथमा हामी पोखरा,स्याङजा(वालिङ) र काठमाडौंको बसन्तपुरमा आयोजना हुने राप्रपाको चुनावी सभामा हुनेछौं। हामीलाई सुन्न चाहानु हुने सबैलाई चूले निम्तो गर्दछु।

rr

आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्। राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved