वीपीलाई अरूले बिर्सिए पनि राजेन्द्र लिङ्देनले बिर्सेका छैनन् - मनीषा कोइराला

  • कार्तिक २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन्।

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो । अभिनेत्री कोइरालाले वीपीको विचारलाई पनि लिङदेनले आत्मसात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन्।

‘​राजेन्द्रजीको मुख हेरेर आज म यहाँ उभिएकी छु। उहाँले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्नु भएको थियो। त्यो कुरा सुनेर मलाई नेपालले असल नेतृत्व पायो भनेर खुशी लाग्यो। त्यसैले म आज यहाँ उभिएकी छु’‚ उनले भनिन्, ‘अरूले बिर्से होला तर राजेन्द्र लिङदेनजीले बिर्सनु भएको छैन वीपी बा (वीपी कोइराला)लाई।’

उनले जनताको आवाजलाई संसद्‌मा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने तर्क गरिन्। अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved