निर्वाचनको दिन अत्यावश्यक सेवाका गाडी चलाउन सहज, कस्ता गाडी चलाउन पाइन्छ ?

  • कार्तिक २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ । यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो । आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख छ ।

यस्तै सञ्चारकर्मीले प्रयोग गर्ने गाडी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रयोग गरेको गाडी, निर्वाचन आयोगबाट जारी प्रमाणपत्रबाहक व्यक्तिले प्रयोग गरेका गाडी तथा पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी चलाउन पनि अनुमती लिन नपर्ने भएको छ ।

यस्तै कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र मतदान केन्द्रमा खटिने कर्मचारी तथा स्वयम्सेवकले प्रयोग गर्ने गाडी पनि निर्वाध रुपमा चल्न दिने आयोगले जनाएको छ ।

notice_election

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved