पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

यसअघि इङ्ल्यान्डले सन् २०१० मा फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै पहिलो पटक उपाधि उचालेको थियो।

  • कार्तिक २७, २०७९
  • कालापानी मिडिया
alt

मेलबर्न : फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–ट्वेन्टी विश्वकपको उपाधि जितेको छ।

आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले।

त्यस्तै, ओपनर तथा कप्तान जोस बटलरले २६ तथा ह्यारी ब्रुक्सले २० रनको इनिङ खेलेका थिए। यस्तै, मोइन अली १९ रनमा बनाएर पेभेलियन फर्के।

पाकिस्तानका लागि ह्यारिस रौफले दुई तथा शाहीन शाह अफ्रिदी र सादाबा खानले एक–एक विकेट लिए।

पहिलो इनिङमा पाकिस्तानका ओपनर मोहम्मद रिजवान १५ तथा कप्तान बाबर आजम ३२ रन बनाएर पेभेलियन फर्केका थिए। एडेलेडमा इङ्ल्यान्डको कसिलो बलिङविरुद्ध संघर्षरत पाकिस्तानले ठूलो योगफल बनाउन सकेको थिएन।

पाकिस्तानका लागि २८ बलको सामना गरेका शान मशुदले दुई चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएर पेभेलियन फर्के।

त्यस्तै, शादाब खानले २० बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

इङ्ल्यान्डका लागि चार ओभरमा १२ रन खर्चेर साम कुरानले सर्वाधिक तीन तथा आदिल राशिद र क्रिस जोर्डनले दुई–दुई विकेट लिए। बेन स्टोक्सले एक विकेट हात पारे।

पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा पुगेको हो। अर्कातिर भारतलाई विकेट हराउँदै इङ्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो।

यसअघि इङ्ल्यान्डले सन् २०१० मा फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै पहिलो पटक उपाधि उचालेको थियो। सन् २०१६ मा पुनः फाइनलमा पुगेको इङ्ल्यान्ड वेस्ट इन्डिजसँग पराजित हुँदा उपाधिबाट वञ्चित भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved