गठबन्धन फुटाउन एकथरी तत्व लागिपरेका छन्ः देउवा

  • कार्तिक २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन झगडा लगाउने तत्व लागि परेको बताएका छन्।

सत्ता गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गरे।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले परिवर्तनलाई स्थायित्व गर्न गठबन्धन गरिएको बताए।

यो चुनाव चानचुने नभई महाभारत भएकाले परिवर्तन विरोधीहरूलाई हराउँदै संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न गठबन्धन गरिएको प्रचण्डको भनाइ थियो।

सुशासन र विकासबाट मात्र परिवर्तन सम्भव भएकाले संविधानको रक्षा र राजनीति स्थिरता कायम गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved