शीर्ष नेताको चुनावी दौड - देउवा डडेलधुरा, ओली सुनसरी र प्रचण्ड गोरखा जाने

  • कार्तिक ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चुनाव प्रचार-प्रसारका लागि दुई दिन मात्रै बाँकी रहँदा दलका शीर्ष नेतालाई भ्याइ नभ्याइ छ।

चुनाव प्रचारका लागि निर्वाचन आयोगले तोकेको समय भोलि मध्यराति सकिँदैछ। दलका नेताहरु पूर्व निर्धारित कार्यक्रम अनुसार चुनावी अभियानका क्रममा देश दौडाहमा छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव प्रचार-प्रसारका लागि फेरि सुदूरपश्मि पुगेका छन्। गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देउवा हिजै धनगढी पगेका हुन्।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा आज डडेल्धुरा आएर बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवाले आजै बैतडीको सुलेखानमा हुने चुनावी सभामा पनि सहभागी हुनेछन्।

त्यस्तै प्रधानमन्त्री देउवा चुनाव प्रचार - प्रसारको अन्तिम दिन भोलि अछाम र कञ्चनपुरमा हुने चुनावीसभामा सहभागी हुने तय भएको छ। चुनाव प्रचार प्रसारको समय सकिएपछि देउवा मतदान गर्नका लागि डडेलधुरामै बस्ने बताइएको छ। यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेको देउवा चार दिन लगातार प्रचारमा खटिएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरीमा हुने दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आज विहान १० बजे सुनसरीको दुहबी बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै एक बजे लौकही बजारमा हुने चुनावीसभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मै केन्द्रित भएको उनको सचिवालयले जनाएको छ। उनी विभिन्न जिल्लामा गठबन्धनले आयोजन गरेको चुनावी सभामा पनि सहभागी भइरहेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा नै व्यस्त छन्। उनी रौतहट १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved