रवि लामिछानेको नागरिकता शंकाको घेरामा, उम्मेदवारी रद्द हुन सक्ने

  • कार्तिक ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चितवन–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको प्रश्न उठेपछि गम्भीर नैतिक र कानुनी प्रश्न खडा भएको छ ।

लामिछानेले पुरानै नागरिकता निर्वाचन आयोगमा पेश गरी दल र उम्मेदवारी दर्ता गरेको आशंका छ । यता अमेरिकाको नागरिकता त्यागेको कानुनी प्रमाणसमेत निर्वाचन आयोगमा पेश गरेका छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरीसमेत परेको छ ।

सन् २००२ मा लामिछाने ‘भिजिट भिसा’मा अमेरिका गएका थिए । अमेरिका पुगेपछि नेपाली नागरिकता कायमै राखेर अमेरिकी नागरिकता लिएको दाबी उजुरीमा छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नागरिकता ऐन अनुसार नेपालको नागरिकता अनिवार्य रुपमा त्याग्नुपर्छ ।

लामिछानेले नेपालको नागरिकता त्याग गरेको प्रमाण आयोगमा पेश गर्न नसकेको भन्दै उम्मेदवारी स्वतः खारेज हुनेपर्ने मागसहित राजकुमार पाण्डेले उजुरी दिएका हुन् । लामिछानेले मुखले नागरिकता त्यागेको बताए पनि प्रक्रियागत रुपमा काम पूरा गरेको बिषयमा गम्भीर आशंका छ । उनी नेपाल फर्कदा अमेरिकी नागरिककै हैषियतमा फर्किएका थिए ।

लामिछानेले आफ्नो पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको बताउँदै आएका छन् । तर दुतावासले अमेरिकी नागरिकता रद्द गरेको जानकारी दिएको बिषयमा शंका उब्जिएको छ ।

उनले नागरिकता बुझाउँदैमा मौखिक रुपमा नागरिकता रद्द भएको मानिँदैन । अमेरिका पुगेर त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्यागेको प्रमाण पनि उनले देखाउन सकेका छैनन् । चुनाव लड्नका लागि अमेरिकाको नागरिकता त्यागेको स्पष्ट प्रमाण पेश गरी नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएको सक्कल प्रमाण पेश गर्नुपर्छ ।

लामिछानेले बुझाएको नागरिकता शंकाको घेरामा छ । ऐनका जानकार सर्वोच्च अदालत बारएशोसिएसनमा आबद्ध एक जना वरिष्ठ अधिवक्ताले बताए अनुसार लामिछानेले कथङकदाचीत अमेरिकी नागरिकता त्याग गरेको भए पनि कानुनी प्रक्रिया पुरा गरी पुनः नेपालको नयाँ नागरिकता लिएको हुनुपर्छ ।

ति वरिष्ठ अधिवक्ताका अनुसार कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि त्यो नेपाली नागरिकता स्वतः खारेज हुन्छ । ‘विदेशी नागरिकता लिएको व्यक्तिले नेपाल फर्केर विदेशी नागरिकता त्याग गरेपछि पुनः नयाँ नेपाली नागरिकता लिनुपर्छ । खारेज भइसकेको पुरानो नेपाली नागरिकता मान्य हुँदैन,’ ति वरिष्ठ अधिवक्ताले भने, ‘रविजीको हकमा तिनवटा आशंका जन्मिएका छन् । पहिलो अमेरिकाको नागरिकता विधिवत रुपमा रद्द भएको छ छैन भन्ने । दोस्रो रद्द भएको भए पनि पुरानो नागरिकताको प्रयोग भयो कि भन्ने र तेस्रो नेपालमा फर्केपछि नयाँ नागरिकता बनाउनुभएको बिषयमा पनि गंभरि प्रश्न छ ।’

उनले भारतीय नागरिकता लिई पुनः नेपालमा फर्केर चुनाव लडेको अवस्थामा हङ्गामा हुने तर अमेरिकाको नागरिकता भएका कारण गुपचुप र सामसुम पार्ने प्रवृत्ति रहेको पनि बताए ।

निर्वाचन आयोगमा उजुरी परेपछि यस्तो जटिल विवाद नटुङ्ग्याई मतदानमा जाँदा या कदाचित चुनाव जितेको अबस्थामा भोली जटिल समस्या आउन सक्ने देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रश्न उठाएर निर्वाचन रद्द भई पुनः निर्वाचन गर्नुपर्ने अबस्था आउनसक्छ ।

गम्भीर र जटिल प्रश्न उठिसकेपछि लामिछानेले चित्तबुझ्दो स्पष्टीकरणसहित प्रमाण आयोगमा नदिएसम्म उम्मेदवारी कायम राख्न नहुने आवाजहरु नागरिक तहबाट उठिरहेका छन् । यसैविच आयोगले लामिछानेविरुद्धको उजुरीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved