संसदीय यात्राका लागि रोचक रुपन्देही- १३ मन्त्री मैदानमा

  • मंसिर १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मंसिर ४ को चुनावी रौनक उत्कर्षमा छ । मतदानको समय नजिक आइपुग्दा चुनावी मैदान झनै रोचक देखिन्छ । देशभर यस्ता धेरै निर्वाचन क्षेत्र छन्, जहाँ आम जनताको जनर छ । त्यसमध्येको एक हो, रुपन्देही । जहाँ पूर्व र वर्तमान गरी १३ मन्त्री संसदीय यात्राका लागि चुनावी मैदानमा छन् ।

त्यसो त रुपन्देही टिकट बाँडफाँटको समयदेखि नै रोचक छ । एमालेबाट वौद्धिक नेता घनश्याम भुसालको टिकट खोसिनु, उनले स्वतन्त्र उम्मेदवारी दिनु र नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीले रुपन्देही सुरुदेखि नै चर्चामा रह्यो । पोलिटिकल डाइनामिक्सका आधारमा रुपन्देहीको प्रतिस्पर्धा रोचक छ । संघीय सरकारका पूर्वमन्त्रीहरु विष्णु पौडेल, छविलाल विश्वाकर्मा, घनश्याम भुसाल र दीपक बोहरा लगायतको प्रतिस्पर्धाले पनि रुपन्देही रोचक बनेको हो । उत्तिकै मात्रामा प्रदेश सरकारका मन्त्रीहरु पनि मैदानमा छन् ।

रुपन्देही.१ - तीन पूर्वमन्त्री मैदानमा
रुपन्देही-१ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा र पूर्वमन्त्री तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालबीच रोचक प्रतिस्पर्धा हुनेछ ।

घनश्याम र छविलाबीचको प्रतिस्पर्धा रोचक बन्नुमा अर्को फ्याक्टर उनीहरु मनोनयन दर्ता अघिसम्मका सहकर्मी हुन् । एमालेले टिकट नदिएपछि पार्टी परित्यग गर्दै स्वतन्त्र भएर चुनावी मैदानमा होमिएका घनश्याम नै छविलालका लागि चुनौती बनेका छन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा रहेका घनश्यामलाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ भने, छविलाललाई जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोग छ ।

घनश्यामको उम्मेदवारीले यहाँको पोलिटिकल डाइनामिक्स फेरिएको छ । वौद्धिक नेताका रुपमा लोकप्रिय घनश्यामको टिकट खोसिएपछि रिसाएका धेरै एमाले नेता कार्यकर्ताले घनश्यामलाई मतदान गर्ने अनुमान गरिएको छ ।

रुपन्देही-१ को प्रदेशसभा-१ मा पनि संघीय सरकारकारका पूर्वराज्यमन्त्री अब्दुल रजाक गद्दि चुनावी मैदानमा छन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार रज्जाक यसअघिको निर्वाचनमा छविलालसँग पराजित भएका थिए । यस क्षेत्रमा एमाले–जसपा–राप्रपा गठबन्धनबाट एमालेका दधिराम न्यौपाने प्रतिस्पर्धामा छन् ।

रुपन्देही.२ - एक संघीय र दुई प्रदेश पूर्वमन्त्री मैदनमा
रुपन्देही-२ सुरुदेखिनै चर्चाको शिखरमा छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको मुद्दा सर्वोच्चसम्म पुगेको थियो । त्यसैले यो क्षेत्र चर्चामा रह्यो ।

उम्मेदवारी खारेजीले मात्र रुपन्देही-२ चर्चामा छैन । पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेल मैदानमा हुनु पनि अर्को चर्चा र चासोको विषय हो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका विष्णु यसै क्षेत्रबाट २०६४, २०७० र २०७४ मा निर्वाचित भएका थिए । तर, यसपटक भने विष्णुलाई हम्मेहम्मे पर्ने देखिन्छ । स्थानीय तह निर्वाचनमा विष्णुको क्षेत्र कांग्रेसले जितेको थियो ।

राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सर्थन गरेको छ । जनमुक्तिले रुपन्देही क्षेत्रलाई आफ्नो आधार क्षेत्र मान्छ ।

रुपन्देही-२ को प्रदेशसभा–१ मा पनि पूर्वप्रदेशमन्त्री चुनावी मैदानमा छन् । एमालेले लुम्बिनी प्रदेशका पूर्वमन्त्री लीला गिरीलाई उम्मेदवार बनाएको छ । यस प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दीर्घबहादुर केसी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, लुम्बिनी–२ को प्रदेशसभा–२ मा पनि एमालेले पूर्व प्रदेशमन्त्री भोजप्रसाद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादीका वामदेव क्षेत्री प्रतिस्पर्धामा छन् । क्षेत्री प्रदेश योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर मैदान आएका हुन् ।

रुपन्देही.३ - दुई संघीय र एक प्रदेशमन्त्री मैदानमा
रुपन्देही-३ मा पनि रोचक प्रतिस्पर्धा हुँदैछ । जहाँ संघीय सरकारका पूर्व र वर्तमान मन्त्रीबीच प्रतिस्पर्धा हुने छ ।

वाम-लोकतान्त्रिक गठबन्धनको बलामा कांग्रेस नेता तथा वर्तमन्त्री गृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री तथा राप्रपा नेता दीपक बोहरबीच संघीय संसदका लागि प्रतिस्पर्धा हुँदैछ ।

एमालेको साथ पाए पनि वाम-लोकतान्त्रिक गठबन्धनको साथ पाएका बालकृष्णसामु दीपक बोहरा कमजोर देखिन्छन् ।

बालकृष्ण यस क्षेत्रका नयाँ उम्मेदवार हुन् भने दीपक अघिल्लो निर्वाचनमा यसै क्षेत्रमा तत्कालीन एमालेका उम्मेदवार घनश्याम भुसालसँग पराजित भएका थिए ।

रुपन्देही-३ को प्रदेशसभा-१ मा पनि प्रदेश सरकारका पूर्वमन्त्री चुनावी मैदानमा छन् । वाम-लोकतान्त्रिक गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेय चुनावी मैदानमा छन् । उनी लुम्बिनी सरकारका पूर्वमन्त्री हुन् ।

यस निर्वाचन क्षेत्रमा एमाले-जसपा गठबन्धनबाट जसपाका महेन्द्र यादव चुनावी मैदानमा छन् । यादव जसपाको प्रदेश अध्यक्ष हुन् ।

रुपन्देही.४- मन्त्रीहरु मैदानमा
रुपन्देही-४ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री सर्बेन्द्रनाथ शुक्ला प्रतिस्पर्धामा छन् ।

त्यसैगर, वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रमोद यादव र एमाले-जसपा गठबन्धनबाट संघीय सरकारका पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी पनि मैदानमा छन् ।

वाम-लोकतान्त्रिक गठबन्धनमा लोसपा रहेता पनि यस क्षेत्रमा भने लोसपा एक्लै मैदान उत्रेको छ । मधेश राजनीतिमा राम्रै प्रभाव राख्नसक्ने सर्बेन्द्रनाथ एक्लै मैदान होमिएका हुन् । स्थानीय तह निर्वाचनको परिणामका आधारमा यस क्षेत्रमा लोसपा बलियो देखिन्छ ।

रुपन्देही–४ को प्रदेशसभा-२ पनि प्रदेशस सरकारका वर्तमान शिक्षामन्त्री वसी उद्दीन खाँ मैदानमा छन् । उनी वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । मन्त्री खाँसँग एमाले–जसपा गठबन्धनबाट जसपाका राम अवतार यादव चुनावी मैदानमा छन् ।

रुपन्देही.५ - पूर्वमन्त्री र पूर्वमेयरबीच प्रतिस्पर्धा
रुपन्देही-५ मा पूर्व अर्थराज्यमन्त्री र पूर्वमेयरबीच प्रतिस्पर्धा हुँदैछ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका भरतकुमार साह चुनावी मैदानमा छन् । उनी पूर्व अर्थराज्यमन्त्री हुन् ।

यस क्षेत्रमा नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेलाई मैदान उतारेको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार साहले यसअघि २०५६ र २०७४ मा पनि संसदीय निर्वाचत जितेका हुन् ।

रुपन्देही–५ मा लामो समयदेखी संसदीय राजनीति गर्दै आएको साह र स्थानीय सरकार चलाएका घिमिरेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

गठबन्धन वा तालमेलकै आधारमा हेर्ने हो भने यहाँ पनि गठबन्धनकै उम्मेदवार अगाडि देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved