ओलीको अपिल, देशको नेतृत्व र आफ्नो भविष्य निर्क्योल गर्नूस् - ओली

  • मंसिर १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी ४ मंसिरको निर्वाचनको सँघारमा देशको नेतृत्व र आफ्नै भविष्यको निर्क्योल गर्न देशभरका मतदातालाई भिडियो अपिल गरेका छन्।

‘प्रिय मतदाता अब स्पष्ट निर्णय लिने समय छ, किनकि मंसिर ४ गते तपाईंले हाल्ने भोटले कसको हातमा देश सुम्पिने भन्ने निर्क्योल गर्नेछ। शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा । त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झिनुहोला। पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो, तपाईंको छोराछोरीको भविष्य,’ ओलीले सुरुमै मतदाताको ध्यानाकर्षण गराउँदै भिडियो सन्देशमा भनेका छन्।

आफू पटक-पटक मृत्युको मुखबाट फर्किएर देशको सेवा गरिरहेको प्रस्ट्याउँदै ओलीले फेरि पनि उद्देश्यविहीन गठबन्धनले जिते देशको भविष्यसँगै जनताको भविष्यसमेत बर्बाद हुने दाबी पनि गरेका छन्।

‘प्रिय मतदाता १ म झुटो बोल्दिनँ, सत्य छोड्दिनँ। तपाईंलाई थाहा छ, म पटक-पटक मृत्युको मुखमा पुगेर फर्किएको भेटिएँ। अहिले देश केही व्यक्ति र समूहरूको निजी स्वार्थहरूले बनेको गठबन्धनले चलाइरहेको छ,’ सन्देशमा भनिएको छ, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन, भविष्य छैन, यही गठबन्धन रहिरहे देश बर्बाद हुनेछ। तपाईं र तपाईंको छोराछोरीको भविष्यसमेत बर्बाद हुनेछ।’

ओलीले आफूले एमालेको जितका लागि नभएर मतदाता र उनीहरूको सन्तानको सुखका लागि भोट मागिरहेको भन्दै पार्टीको सूर्य चिह्नमा मतदान गर्न आह्वान पनि गरेका छन् ।

‘त्यसैले आज म यस सन्देशमार्फत तपाईंहरूसँग भोट माग्दै छु, तर मैले मागेको भोट एमालेको जितका लागि होइन, तपाईं र तपाईंको सन्तानको सुखका लागि । यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिह्नमा मतदान गर्नुहुनेछ । त्यसैले सूर्य चिह्नमा मतदान गर्नुस्,’ भिडियोको अन्तिम सन्देश दिँदै ओलीले भनेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved