कञ्चनपुर-३ मा राप्रपाका कार्यकर्ता भन्छन् एमालेलाई भोट दिनु भन्दा कम्प्युटरमा भोट दिन्छौ

टाउकाको मुल्य तोक्नेलाई भोट नदिने माओवादी कार्यकर्ताको भनाई

  • मंसिर १, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा सत्ता गठबन्धन दल(काँग्रेस–माओवादी) र विपक्षी गठबन्धन दल नेकपा एमाले र राप्रपाविच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट क्षेत्र ३संघ तर्फ काँग्रेस केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखक, ३(क) माओवादी केन्द्रीय सदस्य एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट र ३(ख)मा काँग्रेस दोधाराचाँदनीका खम्बा बेल बहादुर राना अघि सारेको छ ।
विपक्षी गठनबन्धन संघ तर्फ एमाले पोलिट्ब्यूरो निर्वतमान संसद निरुदेवी पाल, ३९क०मा एमालेले राप्रपाका पुर्व प्रधानपञ्च धर्मराज जोशी र ३(ख)मा भीमदत्त नगरका निर्वतमान मेयर एव एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलाई अघि सारेको छ ।

यस्तै मौलिक जरोकिलो पार्टीले राजनीति शास्त्रबाट स्नातक गरेका त्यहिका स्थानिय युवा नेता त्रिलोक जोशीलाई क्षेत्र न ३ बाटै अघि सारेको छ । संगितप्रेमी, विकास प्रेमी समान्य परिवारमा जन्मिएका जोशी कांग्रेस नेता रमेश लेखक र एमालेकी नेतृ निरु पालसंग प्रतिस्पर्धा छन् । उनले हिन्दु सनातन राष्ट्र, किसानले वर्षौ देखी भोग्दै आएका समस्या र आफ्नो मौलिकतालाई संरक्षण गर्नु पर्छ भन्दै जनताको आधारभुत समस्यालाई मुख्य एजेण्डा बनाएर अघि बढेका छन् । यस्तो अवस्थामा यो क्षेत्रका विभिन्न पार्टी केन्द्रित मतदाता भने अलमलमा छन् ।

३(क)मा एमाले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन । पार्टीले राजावादीसंग साँठगाँठ गरिरहेको भन्दै राजावादीलाई जिताउनु भन्दा कम्युनिष्ट गरिबको छोरो टेकेन्द्र भट्टलाई जिताउने भन्दै धमाधम एमाले पाटी परित्याग गरिरहेका छन ।

मतदाता अलमलमा

उता राष्ट्रिय प्रजातन्त्र पाटीमा पनि वितिष्णा फैलिएको छ । राप्रपाका कतिपय कार्यकताहरु एमाले (कम्युनिष्ट) लाई भोट दिनु भन्दा हाम्रो मौलिकता जोगाउने युवा नेता लाई साथ दिने बताइरहेका छन् । राप्रपाका एक कार्यकर्ता निरन्जन शाह भन्छन्, त्रिलोक जोशी नयाँ हुन् । उनले कतै नराम्रो गरेको सुनिएको छैन । शाह भन्छन्, सुनेको छु, उनले धर्म रक्षा र मौलीकताको संरक्षण गर्ने भन्दै हिडेका छन् रे, मैले त अहिलेसम्म भेटेको छैन तर, उनको अन्तवार्ता हेरे । अनि हामी मुलुकमा धर्मनिरपेक्षता लाद्ने, राजसंस्था फाल्ने दलहरुलाई किन भोट दिनु ? यसपाली मेरो र मेरो घरको भोट कम्प्युटरमै दिने निर्णय गरिसके,, उनले भने ।

राप्रपाकै अर्का युवा नेता भन्छन्, त्रिलोक जोशीलाई म राम्रो सं चिन्छु । उहाँ अँठोला खानदानको ज्योतिषको छोरा , उहाँको परिवार नै एक स्वच्छ छबि भएको हो भने पक्कै पनि उहाँ कञ्चनपुरवासीका लागि योग्य र इमानदार नेता हुनुन्छ । सबै राप्रपा हु भन्नेहरुले उहाँलाई नै भोट दिन हुन आग्रह गर्दछु, । 

यस्तै नेकपा माओवादी केन्द्रका मतदातापनि नेपाली कांग्रेसलार्य मतदान नगर्ने बताउदै आएका छन् । उनिहरु भन्छन्, गठबन्धन हामी जान्दैनौ । हाम्रो नेतृत्वको टाउकाको मुल्य तोक्नेलाई हामी भोट दिदैनौ । बरु नयाँ अनुहार हेरिन्छ, विकल्प खोजिन्छ, । कञ्चनपुरमा यि र यस्ता सयौँ कार्यकर्ता पार्टीको निर्णयप्रति रुष्ट भएको पाइएको छ । उनिहरु पार्टीको सिद्धान्त विपरित एमालेसंग तालमेल गरेको भन्दै आफ्नो भोट स्वविवेकले दिने बताउदै आएका छन् ।

प्रत्येक पालिकामा आविष्कार र अनुसन्धान केन्द्र खोलेर स्वदेशमै रोजगार श्रृजना गर्ने, आइटी क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने, कृषि र पर्यटनलाई जोड दिने मौलिक जरोकिलो पार्टीबाट कम्पयुटर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका युवा नेता तिलोक जोशीको मुख्य उद्देश्य हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved