क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव र नेपाल आर्मी क्लव विजयी

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

इटहरी । सुनसरीको इनरुवा खेल मैदानमा जारी दोस्रो मेयर कप रात्रीकालिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगर्त गए रात्री भएका दुई खेलमा नेपाल पुलिस क्लव र नेपाल आर्मी क्लव विजयी भएका छन ।

वर्षाका कारण तीन दिन देखि रोकिएर पुन सुरु भएको खेलमा नेपाल पुलिस क्लवले वाइआरसीसी विराटनगरलाई र आर्मीले युनाइटेड क्रिकेट क्लव बिरगंजलाई हराएका हुन ।

समूह बी अन्र्तगत भएको पहिलो खेलमा बिभागीय टोली पुलिसले बिराटनगरलाई २० रनले हराएको थियो । टस जितेर ब्याटिगं रोजेको पुलिसले निर्धारित २० ओभरमा १सय ६३ रन जोडेको थियो । पुलिसका लागि दिलीप नाथले ४५ र अमित श्रेष्ठले ४० रन बनाएका थिए भने योगेन्द्र कार्कीले २३ र प्रेम तामागंले अविजित १७ रनको पारी खेलेका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याउदै ब्याटिगं थालेको बिराटनगरले पुरै २० ओभर खेलेपनि १ सय ४३ रन मात्र जोड्न पुगी पुलिससंग २० रनको झिनो अन्तरले स्तव्ध बन्न पुग्यो । ।

त्यसै गरी गए राती नै भएको दोस्रो खेलमा नेपाल आर्मी क्लबले युनाइटेड क्रिकेट क्बल बिरगञ्जलाई १९ रनले पराजित गर्याे । १ सय ६९ रनको बिजयी लक्ष्यपछ्याएको बिरगञ्जले ८ विकेट गुमाएर १ सय ५० रन मात्र बनाए पछि आर्मी १९ रनले बिजयी भएको बन्न पुग्यो । बुधवार धनगढी क्रिकेट क्लव धनगढी र बोस्टन क्रिकेट क्लव विर्तामोड र समुह बी अन्र्तगतको पहिलो क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब विच हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved