विरामी जाँच गर्दै गरेका नक्कली डाक्टर पक्राउ

  • फागुन ३०, २०७६
  • कालापानी मिडिया
alt

सुर्खेत । नक्कली डाक्टर बिरामीको उपचार गरिरहेकै अवस्थामा पक्राउ परेका छन् । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पतालमा आफ्नो नामको साइनबोर्ड झुण्ड्याएर बिरामीको उपचार गर्दै आएका नक्कली डाक्टर दीपेन्द्र काफ्ले पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई बिरामीको उपचार गरिहेको अवस्थामा पक्राउ गरेको हो । काफ्ले नक्कली डाक्टर भएको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीबारे छानविन गरिरहेको थियो । सीआईबीको छानविनपछिको निर्देशन र नेपाल मेडिकल काउन्सिल बाँसबारीको फागुन ५ गतेको पत्र अनुसार काफ्लेलाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

नक्कली डाक्टर काफ्लेलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । काफ्लेबारे जिल्ला अदालतबाट ३ दिन म्याद थपको अनुमति लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved