बाजुरा सदरमुकाम तनावग्रस्त, सडकमा निस्कियो सेना

  • मंसिर ५, २०७९
  • कालापानी मिडिया
alt

बाजुरा। सहकर्मीको हत्या विरोधमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुले बाजुरा सदरमुकाम मार्तडी बजार बन्द गराएको छ।

बजार बन्द गर्न लगाएर गल्लीहरुमा टायर बालेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बजार क्षेत्रमा गस्ती बाक्लो पारेको छ।

हिजो राति अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन एैडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियुले विरोध प्रदर्शन गरिरहेको छ।

त्रिबेणी गाउँपालिका-७ स्थित नाटेश्वरी आधारभुत विद्यालयमा मतदानको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताहरुले राति घरमै गएर अयडीलाई कुटपिट गरेका थिए।

उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्रिबेणी गाउँपालिका-७ मा हिजो दिउसो मतदानको समयमा कांग्रेस कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटनास्थलमै मृत्यु भएपछि विवादले चर्को रुप लिएको थियो। सुरक्षाकर्मीको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता सञ्जिब अयडीको मृत्यु भएको थियो।

उनको मृत्युपछि कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेका थिए।

bajura

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved