काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना भइरहेको छ।
काठमाडौंको १० निर्वाचन क्षेत्रको फरक फरक स्थानमा यतिखेर मतगणना भइरहेको छ। जस्मा हाल सम्म नेपाली कंग्रेसका गगन थापा ६६७ ल्याउदा एमालेका
डा.राजन भट्टराई ६३३ मत ल्याएर पछ्याइरहेका छन् ।
काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालय लगायत स्थानमा मतगणना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved