प्रारम्भिक मतगणनामा राप्रपाका चार शीर्ष नेताको अग्रता

  • मंसिर ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । यसपटक राम्रो नतिजा ल्याउने तयारीसहित निर्वाचनमा होमिएको राप्रपाले ४ सीटमा अग्रता लिइरहँदा पार्टीका मुख्य पदाधिकारी अग्रस्थानमा रहेका छन् ।

पार्टीमा अध्यक्षमा लिङ्देन आएपछि युवा आकर्षण बढेको राप्रपाले प्रारम्भिक गणनामा माओवादी र नेकपा एकीकृत समाजवादीलाई समेत पछि पारेको छ। एमालेको साथ पाएका अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर जबराले क्रमशः झापा ३ र बाँके २ मा अग्रता लिएका छन् ।

एक्लै प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि पछिल्लो गणनामा कांग्रेसका प्रकाशमान सिंहलाई उछिनेका छन् ।

यता, बाँके क्षेत्र नं द्द बाट राप्रपाका महामन्त्री धवलशमशेर राणा ४२५५ मत गणनामा २३४६ मत सहित अगाडी छन् । यस्तै जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईले १११३ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ३०२ मत मात्रै ल्याएका छन्।
उता, प्रतिनिधिसभाको १ मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको अग्रता छ। निकै चासोको रूपमा हेरिएको जुम्लामा प्रतिनिधिसभा उम्मेदवार राप्रपाका ज्ञानेन्द्रबहादुर शाही बनेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved