दिपक सिंहको आक्रमक अग्रतासंगै कमल थापाद्वारा हार स्वीकार

सूर्य चिन्हमा लड्न दिएकोमा एमालेलाई दिए धन्यवाद

  • मंसिर ८, २०७९
  • कालापानी मिडिया
alt

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गरेका छन् । अझैपनि १२ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत हार स्वीकार गरेका हुन् ।

९१ हजार ५ सय ८३ मत खसेकोमा थापा गठवन्धनकी उम्मेदवार भन्दा करिब ११ सय मतान्तरले मात्र पछि परेको अवस्थामा थापाले हार स्वीकार भएको स्टाटस लेखेका छन् । उनले सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्,’पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई मतदिनु हुने सबैमा आभार। ‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा९एमाले०लाई धन्यवाद। चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु। देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।’

हेटौँडा बजार क्षेत्रमा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले आक्रमक रुपमा अग्रता बढाएपछि थापाले हार स्वीकार गर्दै स्टाटस लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved