माओवादी अध्यक्ष प्रचण्डलाई ओलीको फोन, बधाई दिँदै भने कम्युनिष्ट आन्दोलन धराशायी भयो, संगै सहयात्रा गरौं

  • मंसिर ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन्।

पार्टी फुटेपछि पहिलोपटक प्रचण्डसँग फोन संवाद गरेका ओलीले चुनावमा विजयी भएकोमा बधाई दिँदै कम्युनिष्ट आन्दोलन धराशायी भएकोमा चिन्ता व्यक्त गरेको माओवादी उच्च स्रोतले जनाएको छ।

‘उहाँ (ओली) आफैंले फोन गर्नुभएको थियो। चुनावमा विजयी भएकामा आपसमा बधाई साटासाट भयो’, माओवादी उच्च स्रोतले भन्यो, ‘ओलीजीले चुनावी नतिजालाई लिएर कम्युनिष्ट आन्दोलन धराशायी भयो भनेर चिन्ता व्यक्त गर्नुभयो।’

जवाफमा अध्यक्ष प्रचण्डले ओलीकै कारण यो अवस्था आएको भन्दै नरम शैलीमा असन्तुष्टि व्यक्त गरेको स्रोतको भनाई छ।

‘कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि त हामीले पार्टी एकता गरेको हो नि १ तर तपाईँले नै अलि महत्वाकांक्षा राख्दा यो अवस्था आयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठीक छ आन्दोलन जोगाउने विषयमा सल्लाह गरौंला।’

कांग्रेस नेतृत्वको गठबन्धनबाट चुनावमा होमिएको नेकपा माओवादी केन्द्रको नतिजा सन्तोषजनक देखिएको छैन। साना दलसँग केही स्थानमा तालमेल गरेर चुनावमा होमिएको एमालेको पनि नतिजा खस्किएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved