मोरङ ५ - दुई गठबन्धनलाई पाखा लगाउँदै एमालेका बागी योगेन्द्र विजयी

  • मंसिर ८, २०७९
  • कालापानी मिडिया
alt

विराटनगर । दुई गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर मोरङको प्रतिनिधिसभा क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित भएका छन्।

सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपा राजकुमार यादवलाई पछि पार्दै योगेन्द्र विजयी बनेका हुन्।

निर्वाचन आयोगका अनुसार योगेन्द्रले २१ हजार ८२० मत प्राप्त गर्दा माओवादीका शिवकुमारले १७ हजार ४८६ मत प्राप्त गरे भने जसपाका राजकुमार यादवले १७ हजार ३९० मत पाएका छन्।

अघिल्लो निर्वाचनमा काँग्रेसका अमृत अर्याललाई हराउँदै विजयी बनेका माओवादी केन्द्रका नेता मण्डल ०७० मा देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट आपूर्तिमन्त्री बनेका थिए।

यता स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र भने विद्यार्थीकालको राजनीतिमा मात्र निर्वाचनमा जितेको अनुभव रहेको बताए। संसदीय निर्वाचनको पहिलो अनुभव रहेको बताउने उनले मतगणनाको शुरुवातदेखि नै अग्रता कायम राखेका थिए।

नेकपा एमालेको प्रदेश कमिटी सदस्यसमेत रहेका योगेन्द्र पछिल्लो ५ वर्षदेखि सो क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा रहे पनि अन्तिम समयमा एमाले र जसपाको गठबन्धन हुँदा जसपाको भागमा क्षेत्र ५ परेर उनलाई पार्टीले टिकट दिएन। उनले पार्टीसँग असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved