समानुपातिकतर्फ ८३ लाख मतगणना, हेर्नुस बिहान साढे ८ बजेसम्मको नतिजा

  • मंसिर ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

आइतबार बिहान साढे ८ बजेसम्म ८३ लाख ३२ हजार मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २२ लाख ९० हजार ३ सय १७ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले २१ लाख ५८ हजार ४ सय ८ मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ५८ हजार ४ सय १८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ मत पाएको छ।

यसैगरी समानुपातिकतर्फ राप्रपाले ४ लाख ८४ हजार ९३९ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले २ लाख ७९ हजार ९३९ मत पाएको छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख १८ हजार २११ मत पाएको छ। यो पार्टी थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ। अहिलेसम्म यो पार्टीले २ दशमलव ६ प्रतिशत मात्रै मत पाएको छ। थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत प्राप्त गर्नै पर्छ। जनमत पार्टीले २ लाख १३ हजार १०३ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले एक लाख ९६ हजार ६८६ मत पाएको छ। लोसपाले एक लाख १६ हजार ६५७ मत पाएको छ।​

यसैगरी नेमकिपाले ६९ हजार ८२५ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४७ हजार ७२३ मत पाएको छ। जनमोर्चाको ४३ हजार १६ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved