दोलखामा आज मतदान, बाजुरामापनि बिहानैदेखि मतगणना सुरु गर्ने तयारी

  • मंसिर १५, २०७९
  • कालापानी मिडिया
alt

दोलखामा आज पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो ।

वैतेश्वर गाउँपालिका वडा नं। ६ को वैतेश्वर माध्यमिक विद्यालय, वैतेश्वर गाउँपालिका वडा नं। २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र र तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र गरी ७ वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वच्छ, निष्पक्ष हुन नसकेको आयोगले ठहर गरेको छ ।

ती केन्द्रमा मंसिर ४ मा भएको मतदान रद्द गरिएको छ । आजको मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत् जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइएको छ ।

यसैबीच, बाजुरामा आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन बैठक बस्ने र गणना थाल्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो । मतगणना रोकिएको स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved