स्याङ्जा–२ र बाजुरामा कांग्रेसको अग्रता, दोलखामा माओवादी अघि

  • मंसिर १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ ।

मत गणना भईरहेका तीन क्षेत्र मध्ये स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिईरहेको छ भने दोलखामा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा नेकपा ९एमाले० की उम्मेदवार पद्मा अर्यालले ९ हजार ५०२ मत पाएकी छिन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकाराज गुरुङले ५ हजार १९२ मत पाएका छन्।

यस्तै, बाजुरामा कांग्रेसका बद्रि पाण्डेले ४ हजार २१४ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ६६ मत प्राप्त गरेका छन् ।

यता, दोलखामा बिहीबार रातिदेखि सुरू भएको मत गणनामा माओवादीका उम्मेदवार गंगा कार्की १ हजार ६५४ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ९११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगदीश खरेलले ११८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved