काठमाडौं महानगरपालिकालाई सुकुमवासी बस्ती नहटाउन भूमि आयोगको चेतावनी

  • मंसिर १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुमवासीलाई अहिले नहटाउन काठमाडौं महानगरपालिकालाई भनेको छ।

आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुमवासीलाई अहिले नै नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी–गैरसरकारी निकायलाई आग्रह गरेको हो।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न(नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ। आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो।

सुकुमवासी बस्ती हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएको भन्दै गत सोमबार काठमाडौं महानगरपालिका डोजर लिएर थापाथली पुगेको थियो। बस्तीमा डोजर चलाउन खोजेपछि यहाँका स्थानीयले विरोध गरेका थिए। स्थानीयले ढुंगामुढा गर्दा नगरप्रहरीसहित महानगरपालिकाका कर्मचारी घाइते भएका थिए।

हेर्नुहोस्, राष्ट्रिय भूमि आयोगको सूचना

Bhumi_ktgiM8BoSi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved