सुन चाँदीकै भाउ लगातार बढ्यो, सुन आज तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

  • मंसिर २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सुन चाँदीको भाउ लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

अस्ति शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीवार सुन तोलामा ९९ हजार ७ सय रुपैयाँमा र चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved