सरकारले ल्याएको अध्यादेशप्रति कांग्रेस महामन्त्री शर्मा र रास्वपाका सभापति लामिछानेको आपत्ति

  • मंसिर २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । काम चलाऊ सरकारले सत्ता समीकरणका लागि सर्वोच्च अदालतले दोषी ठहर गरी जेल सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई छुटाउने गरी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णय गरेपछि त्यसको ब्यापक विरोध सुरू भएको छ ।

सामाजिक सञ्जालहरुमा सर्वसाधारणदेखि विभिन्न पेशा तथा क्षेत्रका व्यक्तिहरुले अध्यादेश ल्याउने निर्णयको विरोध गरेका हुन । अध्यादेश ल्याउने निर्णयको विरोध गर्नेहरुमा सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्म रहेका छन् ।

कांग्रेस महामन्त्री शर्माले आइतबार राति ट्वीटर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन गर्दै सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य भन्दै सर्वोच्चले दोषी ठहर गरेकाहरूलाई छाड्ने निर्णयप्रति आफ्नो असहमति रहेको प्रष्ट पारेका छन्।

संक्रमणकालमा अध्यादेश ल्याउने विषयमा दलहरुबीच र आफ्नै दल कांग्रेसभित्र भएको घनिभूत छलफलको हेक्का नराखिएको भन्दै उनले सरकारको निर्णय सम्पूर्ण रूपले गलत भएको बताएका हुन्। शर्माले यो विषय कानुनी, राजनीतिक मात्रै नभई नैतिक प्रश्न समेत भएको बताएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि सरकारले ताजा जनादेश र संसदको अधिकार मिचेर अध्यादेश ल्याउन खोजेको बताएका छन् ।

नयाँ संसदको वैठक बस्न कति समय लाग्ला भन्ने प्रश्न गर्दै लामिछानेले त्यस्तो के आपत् लाईलागेको छ र एक दुई हप्ता पनि कुर्न नसकी अध्यादेश ल्याउनु पर्‍यो भन्ने प्रश्न गरेका छन् । सरकारको कदम ताजा जनादेशको मर्म विपरित मात्रै नभएर राजनीतिक निर्लज्जातको पाराकाष्ठा समेत हो भन्दै लामिछानेले अध्यादेश ल्याउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved