युक्रेनको ओडेसा र मोलिटोपोलमा भीषण आक्रमण

  • मंसिर २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दक्षिणी युक्रेनको ओडेसा र मोलिटोपोलमा भीषण आक्रमण भएको छ।

रुसले ओडेसामा आक्रमण गरिरहँदा रुसी नियन्त्रणमा रहेको मोलिटोपोलमा युक्रेनी सेनाले आक्रमण गरेको छ। ओडेसामा प्रहार भएका १५ मध्ये १० ड्रोनलाई खसालिदिएको युक्रेनले दाबी गरेको छ।

बाँकी पाँच ड्रोनले विद्युत गृहलाई निशाना बनाएका छन्। जसका कारण ओडेसा सहरका १५ लाख मानिस विद्युतविहीन भएका छन्। यो आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको र कयौँ मानिस घाइते भएको बीबीसीले जनाएको छ।

मोलिटोपोलमा भने युक्रेनी सेनाले आक्रमण गरेको त्यहाँका निर्वासित मेयरले बताएका छन्। मोलिटोपोलबाट सार्वजनिक भएका तस्बिरमा त्यहाँ भीषण आगलागी भएको देखिन्छ। ओडेसामा भएको आक्रमणमा इरानी ड्रोन प्रयोग भएको युक्रेनी अधिकारीको दाबी छ।

मोलिटोपोलमा भने अमेरिकी हिमार्स रकेट लञ्चरबाट आक्रमण भएको रुसी दाबी छ। यस्तै पूर्वी युक्रेनको लुहान्स्कमा युक्रेनी सेनाले रुसका लागि लड्ने भाडाका सैनिकको मुख्यालयमा बमबारी गरेको छ।

लुहान्स्कका निर्वासित मेयर सेह्रिय हैदाइले आक्रमणमा रुसले ठूलो क्षति व्यहोरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved