पेरुमा प्रदर्शनले उग्ररुप लिएपछि देशव्यापी संकटकाल घोषणा

  • मंसिर २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दक्षिण अमेरिकी देश पेरुमा एक हप्तादेखि जारी विरोध प्रदर्शनकाबीच राष्ट्रव्यापी रुपमा संकटकाल घोषणा गरिएको छ।

पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोलाई हिरासतमा लिएपछि एक हप्तादेखि विरोध प्रदर्शन भइरहेको छ भने राजनीतिक अस्थिरता बढेको छ। पेरुका रुक्षामन्त्री अल्बर्टो ओटारोलाले एक महिनाका लागि संकटकाल घोषणा गरेका हुन्।

संकटकाल घोषणासँगै नागरिकका अधिकांश मौलिक हक निलम्बन भएका छन्। पछिल्लो पटक अदालतले क्यास्टिलोमाथि छानबिन गर्न ४८ घण्टाको समय थप गरेपछि विरोध प्रदर्शन उग्र बनेको थियो। ​
क्यास्टिलो समर्थक नेताहरुले उनको रिहाईका साथै नयाँ चुनावको माग गरेका छन्। यस्तै राष्ट्रपति दिना बोलुआर्टोको राजीनामा माग गरेका छन्। गत वर्षको जुलाईमा राष्ट्रपति बनेका पूर्व शिक्षक क्यास्टिलोले संसद भंग गरेपछि राजनीतिक अस्थिरताको बिउ रोपिएको थियो।

यहीबीचमा उनीविरुद्ध महाअभियोग पारित भएको थियो। महाअभियोगपछि उपराष्ट्रपति दिनाले प्रथम महिला राष्ट्रपतिका रुपमा पद सम्हालेकी थिइन्। यी घटनाक्रमपछि वामपन्थी नेता क्यास्टिलोका समर्थकहरु विरोधमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved