नवनिर्वाचित जेष्ठ सांसदको जन्म मिति खुल्ने कागजातसहितको विवरण माग

  • पुस २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्म मिति खुल्ने कागजातसहितको विवरण माग गरेको छ ।

बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर नखुलेको भन्दै उमेर खुलाएर पठाउन आयोगलाई पत्राचार गरिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

सभामुखको निर्वाचन हुनुअघि जेष्ठ सदस्यले बैठक चलाउनुपर्ने भएकाले आयोगसँग सांसदको आधिकारिक उमेर खुल्ने कागजात सहितको विवरण मागिएको सचिवालयले जनाएको छ ।

आयोगले उक्त विवरण पठाएपछि मात्र सपथ ग्रहणको कार्यक्रम राख्ने सचिवालयको तयारी छ । संसदको अध्यक्षता गर्ने जेष्ठ सांसदको पहिचान खुलेपछि राजनीतिक दलसँग समन्वय गरेर सपथ गराउने दिनको तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए।

त्यअघि संसदको जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved