प्रधानमन्त्री र गृहमन्त्री पत्नीको निगरानीमा ११ सांसदले खिचे गोप्य मतदानको फोटो

  • पुस ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि भएको मतदानका क्रममा ११ जना सांसदहरुले आफूले मत हालेको मतपत्रको तस्विर खिचेपछि महामन्त्री गगनकुमार थापाले आपत्ति जनाएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानका क्रममा प्रधानमन्त्री पत्नी आरजू राणा देउवा र गृहमन्त्री पत्नी मञ्जु खाणको निगरानीमा ११ जना सांसदहरूले मतपत्रको फोटो खिचेको महामन्त्री थापाको आरोप छ।

संसदीय दलका उम्मेदवार थापाको आँखै अगाडि उनीहरुले मतपत्रको फोटो खिचेका हुन्। महामन्त्री थापाले आफूहरुले विरोध गर्दगर्दै उनीहरुले फोटो खिचेको बताएका छन्।

‘मोबाइल फोन निषेध गर्दा पनि केही महिला सांसदहरुले छाप हालिएको फोटो खिचिएको भन्ने कुरा आएको छ’, उनले भने, ‘पार्टीको आन्तरिक निर्वाचन के होला भनेर हामीले स्वीकार गरेका छौँ। पार्टीका केही वरिष्ठ नेताहरु मतदान खसाउने ठाउँमै कुरेको भनेर बसिरहे। हामीले भन्दाभन्दै १०/११ जनाले छाप हालेको तस्बिर खिचे।’

उनले जनताद्वारा निर्वाचित सांसदहरुको यस्ता कार्यक्रम अशोभनीय भएको बताएका छन्। ‘एउटा त सांसद आफैंले पनि बुझ्ने कुरा हो। किन फोटो खिच्नु भएको हो ? कस कसले खिचेको हो सबैलाई थाहा छ’, उनले भने, ‘मैले नै गनेको थिएँ, १०/११ जना साथीहरुले तस्विर खिचेका छन्। यस्तो होला कि भनेर मैले त पहिले नै भनेको हो।’

उनले परिणाम जे आए पनि स्वीकारेर जाने बताए। ‘जे भए पनि अब परिणाम नस्वीकार्ने कुरै छैन। उहाँहरुले त्यो मतपत्रको फोटो छातीमा टाँसेर हिँडे पनि हुन्छ। ज-जसले खिच्नु भयो, उहाँहरुले बेलुका सामाजिक सञ्जालमा हाल्नुस्, मैले यसमा भोट हालेँ भनेर।’​

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved