मधेशको तेस्रो शक्ति हौँ, मुख्‍यमन्त्री दाबी गर्छौं - डा. राउत

  • पुस ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउतले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

उनले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए। उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए। अध्यक्ष राउतले जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए।

उनले मधेश प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने बताए। कुनै पनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिवद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए।

उनले भने, ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ। हामी निर्णयक भूमिकामा रहेका छौँ। मधेस प्रदेशमा नेतृत्वको दाबी छ। हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा। जनताले राम्रो सिट दिनुभएको छ। जनताको अपेक्षा पनि छ। हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो। शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन्। शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान छ। स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ। कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हमी हुनेछौँ।’

अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved