सरकारमा जान राप्रपाका चार शर्त

  • पुस ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे शर्तहरू अघि सारेको छ ।

पृथ्वीनारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दू राष्ट्र कायम तथा संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको शर्त छ ।

सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘पहिले हाम्रा यी चार शर्त पूरा हुनुपर्‍यो नि ।’ कांग्रेस नेतृत्वको गठबन्धन तोडाउने आफूहरुको पहिलो लक्ष्य पूरा भएको भन्दै उनले सरकारमा सहभागी हुने कि नहुने भन्ने कुरा गौण रहेको बताए ।

उनले सरकारमा सहभागी हुने कि नहुने भनेर पार्टीमा छलफल भइरहे पनि निर्णय नभइसकेको बताए । उनले भने, ‘सरकारमा जाँदाका सकारात्मक र नकारात्मक पक्षहरुको सूक्ष्म अध्ययन गरिरहेका छौं । जे निर्णय गर्छौं चाँडै गर्छौं ।’ १४ सांसद रहेको राप्रपा संसदको पाँचौं ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved