सत्ता साझेदार दलहरुको बैठक सुरु,माग सम्बोधन हुने भए शशर्त सरकारमा सहभागी हुने राप्रपाको निर्णय

  • पुस १४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।

बैठकमा सत्ता साझेदार सातै दलका अध्यक्ष वा प्रतिनिधि सहभागी छन्। प्रचण्ड प्रधानमन्त्री भएकै दिन सातजना मन्त्री नियुक्त भए पनि मन्त्रिपरिषदले पूर्णता पाउन बाँकी छ। दलहरुले आ–आफ्नो दाबी पेश गरे पनि कसले कति र कुन मन्त्रालय पाउने भन्ने विषय पनि टुंगिएको छैन। जसले गर्दा सोमबार प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीको मन्त्रालय अझै तोकिएको छैन।

यद्यपि सत्ता साझेदार राप्रपा, जसपाका साथै सरकारमा ल्याउन प्रयत्न भइरहेको नेकपा एकीकृत समाजवादीले संस्थागत निर्णय नदिएकाले कसरी मन्त्रालय बाँडफाँड गर्ने भन्नेमा अन्योल देखिएको छ।

राप्रपाले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुका माग सम्बोधन हुने भए शशर्त सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिएर राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने, नीतिगत भ्रष्टाचार रोक्न मन्त्रिपरिषद्ले गर्ने विवादित निर्णयहरू अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने, नेपालमै कृषि मल काराखाना खोल्नुपर्ने, जनसुकै अस्पतालमा स्वास्थ्य बिमाको सुविधा हुनुपर्नेलगायत राप्रपाका शर्त छन्।

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि नेताहरुबीच छलफल गर्ने तयारी छ। साथै प्रदेश सरकार गठनका विषयमा पनि दलहरुबीच छलफल हुने बताइएको छ।

यसअघि हिजो सत्ता साझेदार प्रमुख दुई घटक नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच साढे २ घण्टा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved