‘निर्मलाको हत्यासम्बन्धी अनुसन्धान के भइरहेको छ ? गृहमन्त्री लामिछाने

  • पुस १६, २०७९
  • कालापानी मिडिया
alt

महेन्द्रनगर। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी किशोरी निर्मला पन्तबारेको अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेका गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक सिंह, अतिरिक्त महानिरीक्षक, नायव निरीक्षकसहितको टोलीले पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेका हुन्।

गृहमन्त्री लामिछानेले निर्मलालाई न्याय दिलाउन अधिकतम् पहल गर्ने पहिलो निर्णय यसअघि नै गरिसकेका छन्। गृहमन्त्री भएपछि लामिछानेले पुस ११ गते निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने निर्णय लिएका थिए।

गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका थिए।

‘निर्मला पन्तको केस के भइरहेको छ ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ’, उनले गृहसचिव विनोद सिंहलाई निर्देशन दिँदै भनेका थिए, ‘मेरो पहिलो निर्णय नै निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने भन्ने भएको छ।’

रविले सञ्चारकर्मी भएका बेला निर्मलाको मुद्दा कञ्चनपुरको उल्टाखाम पुगेर पनि उठाएका थिए। तर यो प्रकरण गिजोलिन पुग्दा अहिलेसम्म उक्त बलात्कार र हत्याकाण्डका दोषी पक्राउ परेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved