अचम्मको चलन, पाहुनाको सत्कारमा श्रीमती सुम्पिने

  • पुस २२, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । घरमा पाहुना आए स्वागत सत्कार गर्ने चलन सबैजसो समुदायमा छ। पाहुनालाई मीठामीठा खानेकुरा दिएर सत्कार गरिन्छ।

तर नामिबियाको एक समुदायमा पाहुनालाई सत्कार गर्ने परम्परा सुन्दा पनि अचम्म लाग्ने किसिमको छ, जसले पाहुनाको सत्कारमा आफ्नी श्रीमतीलाई नै सुम्पिने गरेको छ।

नामिबियाको उत्तरी भेगमा पर्ने ओमुसाती इलाकाका ओभाहिम्बा र ओभाजिम्बा कबिलामा रहेको संस्कृतिले पश्चिमा प्रभाव र तडकभडकलाई चुनौती दिइराखेको छ।

कबिला समुदायमा जब कुनै पाहुना आउँछन् पुरुषले उनको स्वागत गरी खुशी जाहेर गर्न ‘ओकुजे पिसाओ मुकाजान्डु’ सत्कार गर्ने प्रस्ताव गर्छन्। यो सत्कार अनुसार ती पुरुषले आफ्नी श्रीमती एक रातका लागि ती पाहुनाको जिम्मा लगाउँछन्। आफूचाहिँ अर्कोको ठाउँमा सुत्छन्।

यदि घरमा अर्को कोठा छैन भने उनको श्रीमान् घर बाहिरै रात बिताउँछन्। यो परम्परालाई कबिलाले घृणा, द्वेष हटाउने र मित्रता बढाउने कदमका रूपमा लिएको छ।

कबिलाको जनसङ्ख्या लगभग ५० हजार छ। यी कबिलाका महिला गाईको दूध दुहुने, बालबालिकाको हेरचाह गर्ने तथा घरका पुरुष शिकारमा गएका वेला दैनिक कार्यमा व्यस्त रहन्छन्। ​शिकारका लागि पुरुषहरू कहिलेकाहीँ त धेरै दिन घरबाहिरै रहन्छन्। यी घुमन्ते समुदायमा धनी उही कहलिन्छ, जोसँग धेरै गाईवस्तु छन्।

बहुविवाह प्रचलनमा रहेको ओभाहिम्बा कबिलामा हिम्बा केटीको रजस्वला सुरु भएपछि बुबाले छानेको केटासँग विवाह हुन्छ। ​हिम्बा महिलाले रातो रङ लगाएर आफ्नो शरीर रातो पारेका हुन्छन्। उनीहरूको शरीर मा लगाइएको रातो रङलाई ओट्जी भनिन्छ। नौनी, गेरु आदि मिसाएर बनाइएको रातो लेपले उनीहरूको छालालाई सूर्यको विकिरण र कीराको टोकाइबाट जोगाउँछ ।

साथै त्यसले उनीहरूको विचारमा भूमि र रगतबीचको सम्बन्धको महत्वलाई दर्शाउँछ। ती महिलाले पानीले नुहाउनुको साटो ‘धुम्रस्नान’ गर्ने तथा छालामा सुगन्धित तत्त्व लगाउने गर्छन्।

कबिलामा महिलाले स्वनिर्णय लिन पाउँदैनन्। श्रीमानको आदेश पालना गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

जनआस्थाका सम्पादक कि ...

काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोल ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved