गृहमन्त्री लामीछानेले भने नागरिकता र पासपोर्ट छानबिनमा हस्तक्षेप गर्दिनँ

  • पुस २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गरेका हुन्। उनले आजै राष्ट्रपति भवनमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरूले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ। त्यहाँ भएका साथीहरूबाट पनि कहीँ कतै आम जनताको पिर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ,’ उनले भने।

उनले जनताका लागि गृह मन्त्रालयमा बसेर बढी काम गर्न सकिने भएकाले आफूले यसलाई रोजेको दाबी गरे। लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका क्रममा हस्तक्षेप नगर्ने बताए। उनले भने, ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। सबैलाई बराबर न्याय हुन्छ। निष्पक्ष छानबिन गर्न मेरो सहयोग रहन्छ। कुनै पनि किसिमको कम्परमाइज हुँदैन।’

लामिछानेले खारेज भइसकेको नागरिकताका आधारमा उम्मेदवारी दिएर जितेको र एकै पटक नेपाल तथा अमेरिकाको नागरिकता लिएको विषयमा गृह मातहतकै निकायले छानिबन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved