सुदन किराती मन्त्री बन्ने भनेपछि बुबाले नै पत्याएनन् र भने-मन्त्री चाँही कसरी भइस् ?

  • माघ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद सुदन किरातीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बनाउने निर्णय गरेको छ। मन्त्री बन्ने भएपछि उनले अस्पतालमा उपचाररत बुबालाई फोन गरेर आफू मन्त्री बन्न लागेको सुनाए।

उनको त्यो भनाइ बाबुले पनि पत्याएनन् र भने मन्त्री चाँही कसरी भइस्। सामाजिक सञ्जाललमा उनले आफूले बुबासँग गरेको कुराकानीबारे यस्तो लेखेका छन्।

डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !

मैले भने।

म - बुवा म मन्त्री हुने भएँ छु।

बुवा - हँ १ होइन कुन मन्त्री रु राम राम राम साँच्चै हो रु होइन यो सपना होकि बिपना हो ? म - हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्यान )

बुवा - मन्त्री चाहि कसरी भइस रु कसले गर्दा भइस ?

म - पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो।

बुवा - राम राम राम १ म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !

म - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो......

बुवा - हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु।

म - पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए .......!

बुवा - म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला। बुवा रुनु भो १ म ........!

संम्झे !

बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो। आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved