दोधारा चाँदनीमा विषादी खुवाएर गाईको हत्या, संलग्नलाई खोजी गरी कारवाही गर्न माग

  • माघ ८, २०७९
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा विषादी खुवाएर मरेको गाई भेटिएको छ । शनिबार दोधारा चाँदनी नगरपालिका १ को सडकमा मरेको गाई भेटिएपछि सामाजिक सञ्जाल फेसबुकमा हत्या गरिएको भन्दै व्यापक विरोध भइरहेको छ।

सामाजिक सञ्जालमा गाईलाई विषादी खुवाएर हत्या गर्नेलाई पत्ता लगाएर कारवाही गर्न माग गरिएको छ । मरेको गाईको तस्बिर फेसबुकमा राखेर छाडा पशु चौपाया व्यवस्थापन हुन नसकेर गाईलाई विषादी खुवाएर मार्न थालिएको भन्दै असन्तुष्टि पोखिएको हो ।

राष्ट्रिय युवा संघका दोधारा चाँदनी नगर अध्यक्ष किशोर आग्रीले गहुँ बाली खाएपछि गाईलाई विष खुवाएर मारेकोमा चिन्ता व्यक्त गर्दै त्यसरी जोगाएका अन्नबाली विष भएर गौमाता हत्या गर्ने पनि नर्क पुग्नु आक्रोश पोखेका छन् ।

ha

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्थानीय तह निर्वाचन जितेपछि छाडा पशु चौपाया व्यवस्थापन नभएसम्म मतदाताको घरदैलोमा नजाने घोषणा गरेका थिए ।

आफ्नो घोषणा पत्र अनुसार नगरपालिकाका केही स्थानमा तारबार लगाएर गाई गोरु राखे पनि छाडा पशु चौपाया समस्या नियन्त्रण हुन सकेको छैन । दोधारा चाँदनीमा वडा स्तरमा नै चौपाया व्यवस्थापन गरिएका छन् ।

मेयर लिम्बु जनप्रतिनिधि र कर्मचारीलाई लिएर ८ दिने भ्रमणमा निस्केपछि विषादी खुवाएर मारेको गाई भेटिएको छ । उनी उत्कृष्ठ नगरपालिकाकासित अनुभव आदानप्रदान गर्न जनप्रतिनिधि र कर्मचारी बोकेर भ्रमणमा निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved