साउदी क्लबबाट मैदान उत्रिएका रोनाल्डोले गोल गर्न सकेनन्

  • माघ ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट खेल्न सुरु गरेका छन्।

साउदी प्रो लिग अन्तर्गत गएराति भएको खेलमा अल नासरले इत्तिफाकलाई १-० ले पराजित गर्दा रोनाल्डोले भने गोल गर्न सकेनन्। ३७ वर्षीय रोनाल्डो गत महिना अल नासरमा आबद्ध भएका थिए। इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा रहँदा दुई खेलमा लागेको प्रतिबन्धका कारण रोनाल्डोले अल नासरबाट डेब्युका लागि कुर्नु परेको हो।

टिमको कप्तानी गरेका रोनाल्डोले पुरै समय मैदानमा बिताए। किङ साउद युनिर्भसिटी रंगशालामा भएको खेलको ३१ औँ मिनेटमा ब्राजिलियन एन्डरसन तालिस्काले गरेको गोलनै अल नासरको जितमा निर्णायक बन्यो।

रोनाल्डोले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। यसअघि उनले साउदीमा भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन विरुद्धको मैत्रीपूर्ण खेलमा २ गोल गरेका थिए। अल नासर तालिकाको शीर्ष स्थानमा छ। उसको १४ खेलबाट ३३ अंक छ। एक खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको अल हिलालको ३२ अंक छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved