चिर्पटले हानेर बुबाको हत्या

  • माघ २०, २०७९
  • कालापानी मिडिया
alt

रौतहट । चन्द्रपुर नगरपालिका वडा नं।६ हातेमालो सामुदायिक वन नजिकै घर भएका प्रकाश राईले बुबाको हत्या गरेका छन्।

३२ वर्षीय राईले बिहीबार राति चिर्पट प्रहार गरी बुबा ५५ वर्षीय निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ। राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ्।

सामान्य विवाद हुँदा प्रकाशले बुबालाई चिर्पटले हानेका थिए। टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भएका निरबहादुरलाई तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।

घटनालगत्तै इलाका प्रहरीले प्रकाशलाई नियन्त्रणमा लिएको छ। उनले मादक पदार्थ सेवन गरेको पाएको डीएसपी सन्तुप्रसाद जैसवारले बताए।

मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved