नेपालको सार्वभौमिकतामै आँच आयो, अब मौन बस्दैनौं - राजा ज्ञानेन्द्र

  • फागुन ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपाल निरन्तर अधोगतीतर्फ गएको भन्दै अब मौन नरहने बताउनु भएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा शनिबार एक संदेश जारी गर्दै राजा शाहले करिब २० वर्षको अन्तरालमा देशमा अशान्ती, अस्थिरता बढ्दै गएको र अन्तराष्ट्रिय सम्मान तथा सार्वभौमिकतामा समेत आच आएको बताउँदै अब हेरेर बस्न नहुने उल्लेख गर्नु भएको हो । देशको वर्तमान अवस्थाका कारण भावी पुस्ता देशमा बस्नु भन्दा विदेशिन लालाहित हुँदै गएको उल्लेख गर्दै उहाँले भावी पुस्ताको लागि यस्तो भवाभय स्थिति श्रृजना हुँदै गर्दा देशभित्र धर्म संस्कृतिमाथी खुलम खुल्ला धावा बोल्न थालिएको समेत बताउनुभयो ।

राज्यसत्ताको बागडोर जसको हातमा पुगेपनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै योगदान दिन नसकेको उहाको बिचार छ । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लुट, लालच र जन्जालमा राजनीतिक दलका नेता फसेको भन्दै उहाले शासकीय उत्तर दायित्व र गाम्भिर्यको कमी देशभित्रका सवालमा मात्रै होइन परराष्ट्र सम्वन्धमा पनि देखिन थालेको स्मरण गराउनु भएको छ ।

उहाँले जातिय र क्षेत्रिय संवेदनशिलता बढेर गएको समेत राजा शाहको संन्देशमा उल्लेख छ । साथै उहाँले देश जोगाउन राजसंस्था र प्रजातन्त्रकालागि अपरिहार्य राजनीतिक दलहरु एक ठाउँ आउन समेत आग्रह गर्नु भएको छ । कमजोर मानसिकता बोकेको र चरम स्वार्थ केन्द्रीत अपरिपक्वको विदेशी नितिको अभ्यासले नेपालको सार्वभौमिक परिचयमै आँच आउन थालेको राजा शाहको बुझाइ छ ।IMG-20230218-WA0006

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved