दुर्गा पर्साइको कार्यक्रममा कमल थापाको साथ, कार्यकर्तालाई सडकमा आउन आह्वान

  • फागुन १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दुर्गा पर्साइले काठमाडौंमा गर्न लागेको कार्यक्रममा कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि साथ दिने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक वचाउ अभियानका संयोजक पर्साइले भोली शनिबार काठमाडौंमा गर्न लागेको जन आन्दोनमा थापाले पनि आफ्नो पार्टीको साथ रहने जनाएका हुन। अध्यक्ष थापाले सामाजिक संजाल मार्फत भोलीको कार्यक्रममा उपस्थित हुन पार्टीका कार्यकर्तालाई समेत आहावान गरेका छन् ।

उनले लेखेका छन्, सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ। फागुन २० गते काठमाडौंको वानेश्वरमा राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियानुद्वारा आयोजित सभा सफलपार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।

kmal

उसो त थापा यतिवेला राजसंस्थाको मुद्धा छाडेर गणतन्त्रबादी बनेका छन् । तर, उनको यतिवेलाका वक्तव्य भने गणतन्त्र भद्रगोल भयो, व्यवस्था परिवर्तन हुनुपर्छ लगायत अभिव्यक्तिले उनको राजसंस्था प्रतिको मोह कायम नै रहेछ भन्ने विश्लेषण हुन थालेका छन् ।

अझ राजा ज्ञानेन्द्र नै सहभागी भएको दुर्गा पर्साईको कार्यक्रममा राजाकै एजेण्डा लिएर जनतामाझ होमीएको लिङदेन नेतृत्वको राप्रपाले आफ्ना कार्यकर्तालाई कार्यक्रममा सहभागी नहुन ह्विप नै जारी गर्नु र थापाले सहभागिता जनाउनुले उनिप्रति कार्यकर्ताको आस्था समेत बढ्न थालेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved