राष्ट्रपति निर्वाचन, आज सातै प्रदेशका सांसदसँग अन्तरक्रिया गर्दै ८ दल

  • फागुन १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचानका सन्दर्भमा आठ दलीय गठबन्धनले आज सातै प्रदेशका सांसदहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन आज सातै प्रदेशका प्रदेश सभाका सदस्यलाई गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने भएका हुन् ।

यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न लागेका हुन् ।

८ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्न प्रतिनिधिसमेत खटाएको छ । कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।
त्यसका लागि कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई जिम्मेवारीसहित खटाएको छ ।

बागमती प्रदेश सभा सदस्यहरूसँग भने काठमाडौंमै छलफल हुनेछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरको आनन्द इभेन्टमा अन्तर्क्रिरया कार्यक्रम राखिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्।

पौडेललाई भोट माग्दै ८ दलका शीर्ष नेताले बिहीबार तीनकुनेमा संघीय सांसदहरूसँग छलफल गरेका थिए। नेम्वाङलाई भोट माग्दै एमाले नेताहरू पनि बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न पुगेका थिए।

राष्ट्रपति निर्वाचनमा रास्वपा र राप्रपाले कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक बसेका छैनन् । कसलाई मतदान गर्ने निर्णय गर्न बाँकी रहेको ती दलहरूले बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved