युक्रेनको मारिउपोल सहर पुगे रुसी राष्ट्रपति पुटिन

  • चैत ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको मारिउपोल सहर पुगेका छन्। रुसी सेनाले यो सहरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको छ। युक्रेनको डोनेस्क राज्यमा पर्ने यो सहर गत वर्ष मे महिनादेखि रुसको कब्जामा रहेको छ।

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ। युक्रेनका धेरै शहरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। विश्वका धेरै देशले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। तर पुटिन पछि हट्न तयार छैनन्। यसअघि उनी क्रिमिया पुगेका थिए। त्यहाँबाट उनी अचानक हेलिकप्टरमार्फत युक्रेनको मारिउपोल सहर पुगेका थिए।

पुटिन आफैंले कारबाट मारिउपोल सहरका धेरै क्षेत्रको भ्रमण गरेका थिए। यस क्रममा उनले स्थानीय जनतासँग पनि कुराकानी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको अलजजिराले जनाएको छ। ​

मारिउपोलमा पुटिनले युक्रेनमा आफ्नो सैन्य अपरेशनको शीर्ष कमाण्डसँग पनि भेट गरेका थिए। उनले युक्रेनमा रुसको आक्रमणको जिम्मा लिने जनरल स्टाफ भ्यालेरी गेरासिमोभसँग भेट गरे। यी दुईबीचको भेट दक्षिणी रुसको रोस्तोभ–अन–डोन कमाण्ड पोस्टमा भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved