डोटीमा नेविसंघले फर्जी मत हाल्ने प्रयास गरेपछि विवाद, मतपेटिका फुटाउने एकजना पक्राउ

  • चैत ५, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘विप्लव’ निकट विद्यार्थीहरूले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो।

मत पेटिकासँगै अन्य सामग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।

‘केही उच्छृंखल तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ’‚ उनले जारी गरेको सूचना भनिएको छ।

क्रान्तिकारीका विद्यार्थीहरूले विवाद झिकेपछि मतदान रोकिएमा बैठक बसेको थियो। सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको हो। नेविसंघले विद्यार्थीहरूको परिचयपत्र एकमुष्ट लिएर फर्जी मत हाल्ने प्रयास गरेपछि विवाद भएको थियो।

विवादका क्रममा मतपेटिका फुटाउने एकजनालाई प्रहरीले पक्राउ गरेको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved