प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार बन्दीले दिए राजीनामा

  • चैत ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एकजना सल्लाहकार बन्दीले राजीनामा दिएका छन्। प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिएका हुन्।

पूर्वकानुनमन्त्रीसमेत रहेका बन्दीले आइतबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका हुन्। उनले आफू वकालत पेसामा फर्किनका लागि राजीनामा दिएको बताए।

‘बाहिर बसेर पनि सल्लाह दिन सकिन्छ। वकालतलाई निरन्तरता दिनका लागि राजीनामा दिएको हुँ। विशेष कामको लागि जेनेभा गएको थिएँ। त्यो पूरा भएपछि राजीनामा दिएको हुन्छ,’ बन्दीले भने।

प्रचण्डले उनलाई स्विट्जरल्याण्डमा भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिनका लागि शान्ति तथा मानव अधिकार सल्लाहकार बनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved