स्ववियू निर्वाचन-पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी

  • चैत ५, २०७९
  • कालापानी मिडिया
alt

पर्वत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको हो।

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार रहेका सतिश रेग्मीले प्रतिद्वन्द्वी नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० की जोश्ना कुँवरलाई ७८ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचनमा कुल १ सय ८५ मत खसेकोमा एउटा मतपत्रमा भने कुनै पनि प्यानलको उम्मेदवारलाई मत नदिएर रित्तो मतपत्र ‘ब्यालेट बक्स’ मा खसालेको पाइएको छ।

बाँकी १ सय ८४ मतमध्ये रेग्मीको पक्षमा १ सय ३१ मत परे भने कुँवरलाई ५३ मत आएका छन्। सभापतिमा प्रतिस्पर्धा गरेका दुवै जना फलेवास नगरपालिकाका स्थायी बासिन्दा हुन्। सचिवमा नेविसंघकै लक्ष्मण रेग्मीले अनेरास्ववियुका मनोज पुरीलाई ४४ मतको फरकमा पराजित गरेका छन्। रेग्मीले १ सय १४ मत प्राप्त गर्दा पुरीले ७० मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रनिकटकी पवित्रा नेपालीले अनेरास्ववियुका अपिल क्षेत्रीलाई ५४ मतले पराजित गरेका छन्। नेपालीले १ सय १९ मत पाउँदा क्षेत्रीले ६५ मत पाएका छन्। सदस्यहरूमा नेविसंघकी पूजाकुमारी पोखरेलले १ सय ३४, अखिल क्रान्तिकारीकी मनीषा परियारले १ सय २४ र अखिल क्रान्तिकारीकै सबिना क्षेत्रीले १ सय २३ मत पाएका छन्।

उनीहरूसँग प्रतिस्पर्धामा रहेका अनेरास्ववियूका सन्तोष पौडेल, सावित्रा पौडेल र अनिल पौडेल पराजित बनेका छन्। समानुपातिकतर्फ नेविसंघले १ सय २९ मत प्राप्त गर्दा अनेरास्ववियुले ५५ मत पाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved