बैतडीमा जिपको ठक्करले ७५ वर्षीया वृद्धाको मृत्यु

  • चैत २२, २०७९
  • कालापानी मिडिया
alt

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिका-३ धौंकुचेकी एक वृद्धाको जिपको ठक्करले मृत्यु भएको छ। धौंकुचीकी ७५ वर्षीया गौरा नाथको जिपको ठक्करले मृत्यु भएको हो।

सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले नाथलाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा ठक्कर दिएको थियो। सडकमा हिँडिरहेका बेला बुधबार अपराह्न ४ बजे ठक्कर दिएको र नाथको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

डिलाशैनी गाउँपालिका-१ का जिप चालक रोशन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved