आईपीएल-लखनऊद्वारा हैदराबाद पाँच विकेटले पराजित

  • चैत २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊसुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ।

लखनऊको घरेलु मैदान एकना स्टेडियममा गएराति टस जितेर ब्याटिङ रोजेको हैदराबादले लखनऊसामु १२२ रनको लक्ष्य तेर्स्याएको थियो। लखनउले २४ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२२ रनको लक्ष्य भेट्टायो।

लखनऊको जितमा केएल राहुले ३४, कुर्नाल पाण्डेयाले ३४ रनको योगदान गर्दा मार्कस स्टोनीसले अविजित १० तथा निकोलस पुरनले ११ रन जोड्दै अविजित रहे। हैदराबादको लागि आदिल रसिदले दुई तथा भुवनेश्वर कुमार, फजाल्हक फारुकी र उम्रन मल्किले समान एक एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। हैदराबादका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रित सिंहले ३१, अब्दुल सामदले अविजित २१ र वासिंगटन सुन्दरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

हैदराबादलाइ सस्तैमा समेट्न लखनउका कुर्नाल पाण्डेयाले तीन, अमित मिश्राले दुई तथा रवि विश्नोइ र यश ठाकुरले एक एक विकेट लिएका छन्। यो जितसँगै लखनऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

तीन खेलमा दुइ जित र एक हार ब्यहोरेको लखनऊले चार अंक जोडेको छ भने दोस्रो हार ब्यहोरेको हैदराबाद अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved